२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

दाङ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ दाङको आयोजनामा घोराहीमा लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९ सुरु भएको छ ।

‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा उद्घाटन गर्नुभएको हो । याे प्रदर्शनी आउँदाे १३ गतेसम्म चल्नेछ ।

 

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्र बलियो बनाउनका लागि र स्थानीय उत्पादनको बजारीकरणका लागि यस्ता प्रदर्शनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले साना तथा घरेलु उद्योग एवम् स्थानीय किसानले उत्पादन गरेको वस्तुहरूको बजारीकरणका लागि यस प्रदर्शनीले भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो । यस प्रदर्शनीले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर निःशुल्क स्टल उपलब्ध गराएको भन्दै मन्त्री शर्माले आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले दाङ साना उद्योग र कृषिको क्षेत्रमा राम्रो सम्भावना बोकेको जिल्ला भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन सबैमा अनुरोध गर्दै स्थानीय उत्पादनले रोजगार सिर्जना गर्ने बताउनुभयो । उहाँले दाङको विकासका लागि आफू सबैसँगको सहकार्यमा लागिरहेको पनि बताउनुभयो । घोराही–तुलसीपुर चार लेन सडक निर्माणकाे काम अलपत्र रहेकाले यसको समाधानका लागि लागिरहेकाे उहाँकाे भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य राजु खनालले कृषि उत्पादनलाई प्राथमिकता दिएर यस्ता प्रदर्शनीहरूले बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय