२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

काठमाण्डाै । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दिनुभएको छ । उहाँले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको हो । अर्यालको प्रस्तावकमा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ तथा समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहनुभएको छ ।

 

संसद् सचिवालयले उम्मेदवारी दर्ताको समय आज आइतवार दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । भोलि साेमवार बस्ने राष्ट्रिय सभा बैठकमा उपाध्यक्षका लागि चुनाव हुनेछ । माओवादीकी अर्याललाई सत्तारूढ सबै तलको समर्थन रहेको र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण उहाँ राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय