काठमाण्डाै । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना जानकारी गराउनुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त भएकाे पत्रबारे सदनलाई जानकारी गराउनुभएको हो ।
बैठकमा सभामुख घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानन्त्री प्रचण्डलाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त भएकाे पत्र पढेर सुनाउनुभयो । उहाँले चितवन क्षेत्र नम्बर २ को सांसद पद रिक्त भएको व्यहाेरा बैठकमा जानकारी गराउनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक यही माघ २२ गते आइतवार दिउँसाे १ बजे बस्नेछ ।