२०८१ मंसिर ८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले ठुला दलका नेताहरूको स्वार्थका कारण देशको विकास हुन नसकेको बताउनुभएको छ। प्रतिनिधिसभामा उपसभामुख उम्मेदवार इन्दिरा राना मगरलाई मत माग्दै सांसद यादवले आर्थिक, सुशासनको बहस गर्नुपर्ने बेला ठुला दलका शीर्ष नेताहरूले स्वार्थपूर्ण लडाई लडिरहेको बताउनुभएको हो।
यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसमा समस्या सम्बोधन गर्न गम्भीर नभएको बताउनुभयो। यादवले भन्नुभयो, ‘कुनै दिन सिराहाका जनताले प्रचण्डलाई जिताइदिए। प्रचण्डजी लभ मधेससँग लिभिङ टुगेदर कांग्रेससँग गर्नुभयो। अहिले लगनगाँठो अर्कैसँग गाँसेर रमाइरहनुभएको छ। यसरी हामी कहीँ पुग्दैनौं।’
भ्रष्टाचार नियन्त्रणका लागि जनलोकपाल विधेयक ल्याउनुपर्ने उहाँको भनाइ थियो। यादवले भन्नुभयो ‘किसान मल नपाएर बोर्डरमा प्रहरीको लट्ठी खानुपर्ने अवस्था छ। तर, ठुला दलका नेताहरू जुहारी गर्दैछन्। एकले अर्कालाई होच्याइरहेका छन्। आर्थिक बहसको विषय गर्नुपर्ने बेला नाकको लडाई गरिरहेका छन्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय