२०८२ जेष्ठ २९ | [email protected] | Nepali Unicode|Preeti to Unicode

इलाम । इलामको फिक्कलमा माटोको ढिस्कोले पुरिएर चार जनाको ज्यान गएको छ । सूर्योदय नगरपालिका–१० फिक्कलमा हिजो बेलुका ढिस्कोले पुरिएर चार जना भारतीय नागरिकको ज्यान गएको हो ।

स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा झरेको ढिस्कोले बिहार घर भएका तोसिव आलम, अजि मोदिन, मुजाफर आलम र अब्दुल आलमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय