२०८२ जेष्ठ ३२ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको आरोपमा प्रहरीले खोजी सुरु गरेका पूर्व उपप्रधानमन्त्री तथा अर्घाखाँचीबाट संघीय सांसद बनेका टोपबहादुर रायमाझी सभामुख देवराज घिमिरेसहित प्रहरी सुरक्षामा भाषण गरिरहेका थिए ।

उनकै निर्वाचन क्षेत्र अर्घाखाँचीको बल्कोटस्थित महेन्द्र बिद्याबोध माभ्यमिक बिधालयको हिरक महोत्सव उद्घाटन समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित रायमाझी प्रहरी सुरक्षामै रहेका थिए ।

 

प्रहरीले रायमाझीका बाबुछोरालाई पक्राउका लागि खोजी सुरू गरेको समाचार सार्वजनिक भएपनि जिल्ला प्रहरी कार्यालयले आफूहरुलाई कुनै आधिकारिक निर्देशन नआएकोले पक्राउ नगर्ने जनायो ।

सो कार्यक्रममा प्रमुख अतिथि सभामुख देबराज घिमिरे र विशेष अतिथि टोपबहादुर रायमाझी तथा पूर्वउपसभामुख तथा रायमाझीसँगै प्रतिस्पर्धा गरेकी पुष्पा भुसाल मन्चमा रहेका थिए । प्रहरीको पक्राउ पूर्जी जारी भएको सूचना सञ्चारमाध्यमबाट थाहा पाएका रायमाझीले सधैजसो लामो मन्तव्य भने सभामा गरेनन् ।

मनिल अनुहारमा रहेका उनले आफ्नो मन्तव्य टुंगाएका थिए । कार्यक्रम सकेर उनी आजै काठमाण्डौ लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय