२०८२ जेष्ठ ३२ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीको एउटा कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका छन् ।

उनी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर सहभागी भएका हुन् ।

उनीसँगै यो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी भएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि टोपबहादुर र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीपले एक करोड रुपैयाँको चेक लिएको पाइएको स्रोतले जनाएको छ ।

रायमाझी यो कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भइसकेको थियो । तर उनले कार्यक्रममा यसबारे कुनै प्रतिक्रिया दिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय