२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

काठमाण्डाै । औषधि व्यवसायीहरुले आफूहरुलाई पनि बीमामा जोड्नुपर्ने माग राखेका छन् ।

शुक्रवार नेपाल औषधि व्यवसायी संघको दोस्रो वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले यस्तो माग राखेका हुन् । कायक्रममा बोल्दै वागमती प्रदेशका औषधि विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि व्यवसायीहरुलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमा नै औषधि पसलहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताउनु भयो । उहाँले बीमामा औषधि व्यवसायीहरुलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै प्रश्न गर्नुभयो । अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई पनि बीमामा संलग्न गरेर व्यवसाय सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

 

 

उहाँले भन्नुभयो, ‘औषधि व्यवसायीहरुलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमा हाम्रो औषधि पसल बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछ । औषधि व्यवसायीहरुलाई पनि इन्स्योरेन्समा सहभागी गराइयोस्, हाम्रो व्यवसाय सुरक्षित गरियोस् ।’

कार्यक्रममा औषधि व्यवसायी डा. सन्तोष केसीले नेपालमा औषधि फार्मेसीहरुलाई घटाइ व्यवस्थित गर्नुपर्ने बताउनु भयो । उहाँले औषधि पसलहरु नियन्त्रित व्यवसायभित्र पर्ने भएकाले राज्यले निरीक्षण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो नेपाल एकदमै धेरै फार्मेसी भएको ठाउँ रहेछ । अमेरिकामा भन्दा पनि धेरै घनत्व छ । १८ सय जना बराबर एउटा फार्मेसी रहेछ, यस्तो कतै पनि हुँदैन । औषधि पसलहरु भनेको नियन्त्रित व्यवसाय भित्र पर्छ, यो एउटा उपभोग्य वस्तु भएपनि यो अन्य किसिमका वस्तु जस्तो होइन । त्यसैले यसमा राज्यले सोच्नुपर्ने हुन्छ, यसलाई कसरी हामी कम बनाइ व्यवस्थापन गर्ने । यो प्रवृत्तिलाई हामीले हटाउनुपर्छ । यससँगै विकृतिहरु बढेका छन् । कतिपय अमर्यादित रुपमा पनि औषधि व्यवसाय सञ्चालन भइरहेको देखिएको छ । विभिन्न रोक लगाइएका औषधिहरु गैरकानूनी रुपमा बेच्ने, यो प्रकृति बढेको छ, यसलाई निरुत्साहीत गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय