२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

कमल खड्का/कोहिनुर अनलाईन

रोल्पा पुस २६, समुन्नति परियोजना द्वारा रुन्टीगढीका कृषक समुहसँग २ दिने वित्तीय साक्षरता सम्बन्धि तालिम होलेरीमा सुरु भएको छ । यूकेएडको सहयोग तथा गाउँपालिका, सहकारी बैक, कृषक सुमुहको समन्वय एवंम विकास सरोकार समाज(डिकोस) र प्राक्तिकल एक्सन नेपालको सहजीकरणमा कार्यक्रम भएको हो । कार्यक्रममा कृषकहरुलाई वित्तीय साक्षरता परियोजना भनेको के हो, बैकं र वित्तीय संस्थाका लक्ष्य के कस्ता हुन्छन, ऋण बचत लगानी कसरी गर्ने, बजेटको सहि सदुपयोग कसरी गर्ने, कृषि तथा लैङ्गिक समान्ता भनेको के हो,सामाजिक समाबेशिकरण त्यस्तै सहकारी र वित्तीय संस्थाका बारेमा जानकारी गराईएको थियो । कृषकलाई कृषिबाट कसरी बढी भन्दा बढी फाईदा लिन सकिन छ भनेर समुहगत रुपमा छलफल गराइएको थियो ।

तालिममा रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ का ३ वटा कृषक समुहबाट ३६ जना कृषकहरुको उपस्थिति रहेको थियो । जस्मा हरियाली कृषक समुह,नमुना कृषक समुह र साझा कृषक समुह गरि ३ वटा कृषक समुहहरुको सहभागिता रहेको थियो । तालिम लैङ्गिक समाजिक सामाजिक समावेशिकरण अनुगमन मुल्याङ्कन अधिकृत (GESI/M.E) दिल कुमारी बुढा बाट दिईएको थियो । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको सभापत्तित्वमा भएको कार्यक्रमको सञ्चालन समुुन्नति परियोजनाको सामाजिक परिचालक यादव गिरीले गर्न भएको थियो । तालिम भोलि सम्म सञ्चालन हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय