२०८२ बैशाख २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

कोहिनूर अन्लाइन, बैशाख २६ । पछिल्लो समय प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारणमा हरेक दिन समस्या आइराखेको छ ।

संसद् सचिवालयका अधिकारीहरू प्रावधिक कारणले समस्या आएको बताउँछन् । तर, हरेक दिन समस्या हुँदा समेत समाधान हुन सकेको छैन ।

शुक्रबार सुरुमा ५ मिनेसम्म सांसदहरूको आवाज नै सुनिएन । त्यसबेलासम्म सभामुखले बैठक सुरु गर्ने, केही सांसदले आकस्म्कि समय माग्ने र बोल्ने काम समेत भएको थियो । दुई जना संसदले बोलेको विषय लाइभमा सुनिएन ।

 

त्यसपछि आवाज आएको थियो । केहीबेरपछि प्रसारण नै बन्द भएको छ ।

यसअघि बिहीबार, बुधबार, मंगलबारका बैठकको प्रत्यक्ष प्रसारणमा समेत समस्या आएका थिए । सांसद बोल्दा बोल्दै आवाज बन्द हुने जस्ता समस्या पछिल्लो समय नियमित जसो देखिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय