२०८२ बैशाख २७ | [email protected] | Nepali Unicode|Preeti to Unicode

कोहिनूर अन्लाइन, बैशाख २७ । भारतीय सेनामा कार्यरत एक नेपाली युवाको निधन भएको छ ।

निधन हुनेमा प्युठानको सरुमारानी- ५, लुकलुके निवासी २५ वर्षीय मनबहादुर बराल मगर रहेका छन् ।

कस्मिरबाट श्रीनगरतर्फ जाँदै गर्दा सवारी दुर्घटनामा परी उनको निधन भएको हो ।

उनले करिब एक वर्षअघि जीवनसंगिनी मंजु सारुलाई गुमाएका थिए । उनका चार वर्षीय छोरा युगान्त बराल छन् ।

पारिवारिक स्रोतका अनुसार उनी अन्य सैनिकसँगै भारत-पाकिस्तानबीच चलिरहेको युद्धग्रस्त क्षेत्रमा जाँदै थिए । सोही क्रममा सडक दुर्घटनामा परी उनले ज्यान गुमाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय