२०८२ बैशाख १३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
भारत–पाकिस्तान सीमामा आज दोस्रो दिन पनि गोली हानाहान | मोहन केसीको शब्दमा ‘‘सानी मायालु’’ गीत सार्वजनिक(भिडियोसहित) | बजेट अधिवेशन आजदेखि सुरु हुँदै | रोल्पासहित देशभर गर्मी बढ्यो, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी | कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय | रुपन्देहीको दानव नदीमा बेपत्ता २ बालकको शव फेला | शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने |
सुर्य प्रकाश बुढा मगर,१३ फागुन रोल्पा । नेपाल कम्युनिष्ट पार्टी एमालेले मेचीदेखि महाकालीसम्म”पार्टी सुदृढीकरण तथा विस्तार अभियान “सञ्चालन गरि रहेको छ।एमालेले फागुन ५ गतेदेखि अभियानको औपचारिक रूपमा सुरु गरेको हो।सोही अभियानलाई मध्यनजर गर्दै परिवर्तन गाउँपालिकाले पनि”पार्टी सुदृढीकरण तथा विस्तार अभियान”को सुरुवात गरेको छ।
केन्द्र र जिल्लाको निर्णय अनुसार नेकपा एमाले परिवर्तन गाउँपालिका कमिटी पुतलाचौर रोल्पाको आयोजनामा फागुन १३ गतेदेखि”पार्टी सुदृढीकरण तथा विस्तार अभियान”सुरु भएको हो।नेकपा एमाले परिवर्तन गाउँपालिका कमिटीका अध्यक्ष प्रदीप डाँगीको अध्यक्षतामा भएको”पार्टी सुदृढीकरण तथा विस्तार अभियान”उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा पोलिट ब्युरो सदस्य थमन बुढा मगर प्रमुख अतिथि खेममान खड्का रहनु भएको थियो।अन्य अतिथीमा प्रदेश कमिटी सदस्य तथा पूर्व राष्ट्रिय सभाका सदस्य मिना बुढा मगर,प्रदेश कमिटी सदस्य प्रेम घर्ती मगर,प्रदेश कमिटी सदस्य हरि वली,प्रदेश कमिटी सदस्य लोकेन्द्र घर्ती मगर,नेकपा एमाले जिल्लाका उपाध्यक्ष बिजय घर्ती मगर र नेकपा एमाले परिवर्तन गाउँपालिका कमिटी इन्चार्ज तेकेन्द्र रोका मगर लगायतको आतिथ्यता रहेको थियो।
 
नेकपा एमाले परिवर्तन गाउँपालिका कमिटीका उपाध्यक्ष हुकुम डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा परिवर्तन गाउँपालिका भित्रका नेकपा एमाले पार्टीमा आवद्ध सदस्यहरुको सहभागी रहेको थियो।कार्यक्रम सञ्चालन नेकपा एमाले परिवर्तन गाउँपालिका कमिटीका सचीव देव प्रकाश वलीले गर्नु भएको थियो।पार्टीमा वैचारिक काम अपेक्षाकृत बन्न नसकेको,पार्टी पङ्क्तीको चेतना स्तर अपेक्षित मात्रामा सुदृढ हुन नसकेको,नयाँ परिस्थितिका नयाँ चुनौतीहरुको सामना गर्न र पार्टी पङ्क्ती पर्याप्त मात्रामा सक्षम नरहेको निष्कर्ष सहित नेकपा एमालेले देशभर”पार्टी सुदृढीकरण तथा विस्तार अभियान”सञ्चालनको थालनी गरेको बताइएको छ।करिब दुई महिना सम्म जारी रह्ने यस अभियानले स्थानीय स्तरमा रहेका पार्टी भित्रका समस्याहरुसँग छलफल,बहस र समाधान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय