२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |
काठमाडौं । नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहित मोर्चा बनाएर उपसभामुखमा उम्मेदवारी दिएको हो ।
यादवको प्रस्तावमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे रहनुभएको छ भने नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ल र कांग्रेसका प्रमुख सचेतकसमेत रहेका रमेश लेखक समर्थक रहनुभएको छ ।
कांग्रेसबाट उम्मेदवारी दिनुभएकी यादव पार्टीकी केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उहाँ राष्ट्रिय सभाकी पूर्वसांसद समेत हुनुहुन्छ। उहाँ २०७४ मा मधेस प्रदेशबाट २ वर्षका लागि राष्ट्रिय सभा सदस्यमा चुनिनुभएको थियो। त्यसअघि उहाँ विक्रम संवत् २०७०सालमा समानुपातिक सांसदसमेत हुनुभएको थियो ।
सत्ता गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिइसक्नुभएको छ । सभामुखको निर्वाचनमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका थिए ।
सभामुखमा निर्वाचित एमाले उम्मेदवार देवराज घिमिरेले एमालेसहित माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए । सभामुख चुनावमा देखिएको गठबन्धनले उपसभामुखमा पनि सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय