२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

काठमाडौं । काठमाडौंमा तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ।काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका उनिहरुबाट प्रहरीले राहदानी बरामद गरेको हो ।

गोङ्गबुको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट ७ सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सोनाबाट शङ्कास्पदरुपमा रहेको ७ सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा ७ सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ । गएराति पक्राउ परेका उनीहरुका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियाल १४ हजार चार सयसहित धनुषाका ४५ वर्षीय एमडि नजिमलाई पनि गएराति प्रहरीले पक्राउ गरेको छ ।

कतार एअरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाइ लैजान लागेको ५ सय दरको २४ थान र दुई सय दरको १२ थान गरी जम्मा १४ हजार चार सय साउदी रियाल फेला पारिएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय