२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

कमल खड्का/कोहिनुर अनलाईन

रोल्पा माघ ५,खाद्य तथा पोषण सम्बन्धि अभिमुखिकरण गोष्ठी रुन्टीगढी गाँउपालिकामा सुरु भएको छ । उक्त गोष्ठीमा हामीले दैनिक खाने खाद्यान्नमा कसरी पोषण युक्त खाना खान सक्छौ भनेर अन्तरक्रिया तथा छलफल भएको हो । देशमा धेरे जस्तो मानिसहरुले खाने कुरामा ध्यान नदिएर पोषण रहित खाना खाने गरेको पार्ईएको छ । जस्ले गर्दा बिभिन्न ठाउँका समुदायका मानिसहरुमा बिभिन्न समस्याले सताई रहेको हुुन्छ । जस्तै पोषण रहित खाद्यान्नको अभावले बच्चाहरुमा कुपोषण हुने, रोगले छितै आक्रमण गर्ने,शारिरिक तथा मानसिक क्षेमतामा कमजोरी हुने लगाएतका समस्या देखा परेको पाईन्छ । यी नै समस्यालाई अबगत गर्दै गाउँपालिकाको आयोजना,पोषण सुधार परियोजना आर आर एन को आर्थिक सहयोग तथा थ्रिडी रिर्सच एन्ड डेभलपमेन्ट सोलुसन ललितपुरको प्रबिधिक सहोगमा अन्तरक्रिया तथा छलफल सम्बन्धि गोष्ठी भएको हो ।

 

कार्यक्रममा सम्पुर्ण जनप्रतिधिहरुलाई पोषण सुधार सम्बन्धि थ्रिडी रिर्सच एन्ड डेभलपमेन्ट सोलुसनका प्रबन्ध निर्देशक चक्र चन्दले पालिका तथा वडा स्तरबाट ऐन तथा निर्देशिका बनाएर समस्त पालिकाको पोषण सुधार गर्न सकिने बताउनु भयो । जस्का लागि पहिले गुरु योजना बनाउने कुरा जोड दिनु भएको छ । तर निति तथा निर्देशिका बनाएर मात्र नहुने हुदा कार्यन्व्यन मा पनि ध्यान दिए पोषण सुधारमा लाग्न अनुरोध गर्नु भयो । जस्को लागि स्थानिय स्तरका खाद्यान्नमा पोषण सम्बन्धि गहिरो अध्यन गरेर लाग्न सकिने बताउनु भयो । धेरै खाद्यान्न भए मात्र पोषण युक्त खाने नहुने कुरा बताउदै कम कम खाद्यान्नमा पनि पोषण युक्त खाने कुरा पाइने हुदा खाने कुरामा ध्यान दिएर कुन, कस्तो, कसरी, कतिबेला , के खादा पौष्टीक हुन्छ भनेर बुझ्न जरुरी रहेको कुरा बताउनु भयो । त्यस्का लागि पोषण सम्बन्धि ऐन तथा निति बनाउन आवस्यक रहेको कुरा बताउनु भयो । पोषण सम्बन्धि ऐन तथा निति बनाउन परेमा आवश्यक सहयोग थ्रिडी रिसर्च एन्ड डेभलपमेन्ट सोलुसनले गर्ने समेत बताउनु भयो । खाद्य तथा पोषण गुरु योजना तयारी सम्बन्धि अभिमुखिकरण गोष्ठी सबै पालिका भन्दा पहिले रुन्टीगढीमा भएको उहाँले बताउनु भयो । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षतामा भएको कार्यक्रम हिजो र आज गरि दुई दिन सम्म सञ्चालन हुने जनाइको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय