
कमल खड्का/कोहिनुर अनलाईन
रोल्पा २० पुस, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ को आयोजनमा भएको थियो । कार्यक्रममा वडा भरिका जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचारको लागि निशुल्क बिमा समेत गरिएको छ । सोही अनुरुप जेष्ठ नागरिकहरु बिरामी भएर अस्पताल गएमा एक लाख सम्मको उपचार खर्च निशुल्क पाउने भएका छन । त्यस्तै जाडोमा ओड्नको लागि सम्मान स्वरुप उनीहरुलाई एक एक वटा फाईवर सिरक समेत वितरण गरिएको छ । निशुल्क गरिएको बिमा भने फागुन महिना बाट लागुहुने वडा अध्यक्ष टेकलाल पुनले जानकारी दिनु भएको छ । कार्यक्रम वडा सदस्य चन्द्र बहादुर पुनको स्वागत मन्तब्यबाट सुरु भएको थियो । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यता एवंम वडा अध्यक्ष टेकलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न राजनितक दलका पार्टी प्रतिनिधी, बिमा कर्मचारी, कार्यलय कर्मचारी,लगाएत जेष्ठ नागरिकहरुको उपस्थितिमा भएको थियो ।

