२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

कमल खड्का/कोहिनुर अनलाईन
रोल्पा पुस २०, ब्यवसायिक ताजा तरकारी खेती प्रबिधी सम्बन्धि पालिका स्तरीय तालिम आजबाट सुरु भएको छ । तालिम ३ दिन सम्म हुनेछ । रोल्पाको रुन्टीगढी गाउँपालिका कृषि शाखा आयोजनामा तालिम सुरु भएको हो । तालिममा रुन्टीगढी गाउँपालिका भरिका बिभिन्न कृषि समुहका कृषकहरु उपस्थिति रहेको थियो ।


तालिममा बोल्दै गाउँपालिका अध्यक्ष जनक पुनले कृषि पेशा नेपालमा जीवन निर्भामुखि पेशा मात्र भएको कुरा उल्लेख गर्नु भएको छ । कृषि पेशालाई ब्यवसाय मुलक पेशा बनाउन यी यस्ता तामिमले महत्वपूर्ण भुमिका खेल्ने जानकारी गराउनु भएको छ । तर त्यसको लागि कृषक नै जागरुप हुर्ने बताउनु भयो । कृषि पेशालाई ब्यवसाय मुलक बनाउन चाहाने कृषकलाई आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको समेत जानकारी गराउनु भएको छ ।
पालिकाका प्रमुख प्रसासकीय अधिकृत रेमन्त बहादुर डागीले कृषकहरु उत्पादन बृद्धिको आसले ज्यादा बिषादी प्रयोग गर्दै आएको कुरा उल्लेख गर्दै बिषदी यूक्त तरकारी प्रयोगले स्वाथ्यमा प्रति कुल असर पार्ने बताउनु भयो । कतिपय कृषकहरुले स्वास्थमा असर हुन्छ भन्ने कुरा जान्दा जान्दै पनि हामीले खाने होइनौ भनेर अत्याधिक बिषदी प्रयोग गर्दै आएको जानकारी गराउनु भयो । बिषदी प्रयोग गरेको तरकारी कुनै न कुनेै ढङ्गबाट कृषक आफैले पनि प्रयोग गर्दै आएको कुरा बताउनु भयो । वर्षातको समयमा तरकारी बाहिर बेचे पनि हिउदको समयमा किनेर खाने हुदा बिषादी युक्त तरकारी किसानले समेत खाने गरेको जानकारी दिनु भयो । त्यसकारण कृषकले बिषदी कम गरेर उत्पादन गर्न सके राम्रो हुने कुरा उल्लेख गर्नु भयो । सकभर अर्गानिक तरकारी उत्पादन गर्न तिर लागे उचित हुने कुरा बताउनु भएको थियो । तालिम होलेरी जलजला होटेलको हलमा भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय