सुर्य प्रकाश बुढा मगर
राेल्पा । लुम्बिनी प्रदेशका मुख्य मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कुलप्रसाद केसीले गठबन्धन शक्तिको विरुद्ध अर्को शक्ति भएको बताउनु भएको छ । निर्वाचन परिवर्तन समिति रोल्पाले आयोजना गरेको घरदैलो अभियान तथा कोण सभा कार्यक्रमको विशिष्ट अतिथी समेत रहेका केसीले सो कुरा बताउनु भएको हो ।
लिबाङको टुडिखेलमा भएको कोण सभालाई सम्बोधन गर्दै नेपालको समृद्धि र विकासका लागि एक शक्ति लोकतान्त्रिक बाम गठबन्धन गरेर अगाडि बढेको र अर्को शक्ति पुराना राजतन्त्रलाई पूर्णबहाली गराउने शक्ति अगाडि बढेको समेत बताए ।
साथै अहिलेको शक्ति लोकतन्त्रको रक्षा,संविधानको रक्षा र राजनीतिक स्थायीत्वका लागि भएको र अर्को शक्ति संविधानलाई असफल बनाउने,संविधानलाई सफल हुन नदिने र पुरानो निरञ्कुष शासनलाई फर्काउने शक्ति हाबी भएको समेत बताए । केसीले पहिले नेकपा एमाले नेतृत्वको सरकार हुँदा पनि प्रदेशको मन्त्री भएको र पछि नेकपा एमालेको सरकार लुम्बिनी प्रदेशमा ढलेपछी नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतका सांसदले हस्ताक्षर गराएर लुम्बिनी प्रदेशको मुख्य मन्त्री बनाउन ठूलो भूमिका खेलेको समेत बताए ।
आफूले मङ्सिर ४ पछि लुम्बिनी प्रदेशको मुख्य मन्त्री बाट पद हस्तान्तरण गर्दा लोकतान्त्रिक बाम गठबन्धन बाट बिजय भएका योग्य,सक्षम,क्षमतावान नेतृत्वलाई दिने समेत बताए।