२०७८ जेष्ठ २७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेता पुनको पहलमा कांग्रेसद्वारा कोभिड संक्रमितलाई नि:शुल्क पौष्टिक आहार कार्यक्रम | राष्ट्रपति र प्रधानमन्त्री मिलेर कानूनी राज्यको धज्जी उडाएको कांग्रेस जिल्ला सभापतिहरूको ठहर | रूदास नेपालद्वारा सुनछहरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण | कोरोनाको लागि भिख माग्ने चुनाव गर्ने पैसा कहाँबाट ल्याउछौ सरकार ? | रोल्पाको सुनछहरी गाउँपालिकामा थप २८ जनामा कोरोना पुष्टि | नेता पुनले पठाएको एन्टिजेन किट रोल्पा अस्पताललाई हस्तान्तरण | कांग्रेस रोल्पाद्वारा प्रतिनिधि सभा विघटनको विरोध | सरकार तिमी सक्दैनौं भने देश हाम्रो जिम्मा देऊ ! | रोल्पामा निषेधाज्ञा जेठ २० सम्म लम्बियो | कांग्रेस जिल्ला सभापतिहरूको निष्कर्ष:- सरकारकै कारण भयावह अवस्था आयो ! |

जुनिस कुमार बिष्ट
जेठ ११ गते
रोल्पाको सुनछहरी गाउँपालिकामा २८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
गाउँपालिकाले आज गरेको एन्टिजेन परीक्षणमा १९ जना पुरुष र ९ जना महिला गरि २८ जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिका पोबाङ स्वास्थ्य इन्चार्ज जनक गिरीले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर २ र ३ गाममा पोजेटिभ देखिनेहरु प्रायः गरि पसले कर्मचारी सुरक्षाकर्मी र केही स्थानीयहरु रहेका वडा अध्यक्ष मोतबहादुर घर्तीमगरले बताए।
गाउँपालिकाले वडा नम्बर २ भित्रीगाम र वडा नम्बर ३ बाहिरीगामलाई लक्षित गरि गरेको परिक्षणमा ४० जना पुरुष र १२ जना महिलाको एन्टिजेन परिक्षण गरिएको थियो।
कोरोना पोजेटिभ देखिएकाहरूको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको इन्चार्ज गिरीले बताए । स्वास्थ्य अवस्था सामान्य रहे पनि ५ दिनको लागि विभिन्न प्रकारका औषधि दिएको र आफ्नै घरको क्वारेन्टाइनमा सुरक्षीत बस्न परामर्श सहित पठाइएको इन्चार्ज गिरीले जानकारी दिए ।

पोजेटिभ देखिएकाहरु होम क्वारेन्टाइनमा बस्ने र स्वास्थ्यमा कुनै समस्या आएमा तत्काल आइसोलेशनमा लैजाएर थप उपचारको व्यवस्था मिलाइएको वडा घर्तीमगरले बताए।
गाउँपालिकाको विभिन्न स्थानमा चरणबद्ध रुपमा गरिएको एन्टिजेन परिक्षणमा हाल सम्म ५२ जना लाई पोजेटिभ देखिएको छ।अहिलेसम्म पोजेटिभ भेटिएका ५२ जनाको स्वास्थ्य अवस्था सबैको सामान्य रहेको र उहाँहरु सबैजना होम क्वारेन्टाइनमै बसिरहेका गाउँपालिका स्वास्थ्य शाखा संयोजक जगत बुढाले बताए।
साथै कोरोना पोजेटिभ देखिनेको सङ्ख्या बढिरहेकोले आजै वडा नम्बर ३ बाहिरीगामले जेठ २४ गते सम्म वडालाइ सिल गर्ने निर्णय गरिएको कुरा वडा अध्यक्ष घर्तीमगरले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय