सुर्यप्रकाश बुढामगर
रोल्पा । लुम्बिनी प्रदेशका नेपाली कांग्रेस सभापति एवं बाम लोकतान्त्रिक गठबन्धनका साँझा रोल्पा क्षेत्र नं.१ ख का प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनले पाँच बर्षको महान चाडपर्वमा सहभागी भएको दाबी गर्नु भएको छ ।
निर्वाचन परिवर्तन समिति क्षेत्र नं.१ ख रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई घर्तीगाउँमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सभाको विशिष्ट अतिथी समेत रहेका पुनले चुनाव पाँच बर्षपछि एक पटक आउने पर्व भएको समेत बताउनु भएको छ ।
साथै संविधानको रक्षा सँगै २०७४ पछिको दोस्रो चरणको निर्वाचनको संघारमा भएको समेत बताए।देशभरीनै निर्वाचन हुने बताउदै रोल्पामा पनि सबै आफ्नै क्षेत्रमा सहभागी भएको र पाँच पाँच बर्षमा आउने पर्व हो पुनले भन्नुभयो, चुनावलाई स्वच्छ, निष्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्ने तपाईं हामी सबैको दायित्व भएको बताउनुभएको छ ।
अहिलेको समय बलिएको छ, परिस्थिति बदलिएको छ, अहिले देशभरी राष्ट्रिय राजनीतिमा परिवर्तनशिल वातावरण बनेको बताउनुभएको छ । हामीले परिवर्तनका लागि धेरै दुख ग¥यो, धेरै संघर्ष ग¥यो, धेरै खुन पसिना बगायौं र धेरैले आफ्नो बलिदान दिए।आज सबैको ठूलाठूला परिवर्तन सम्भब भएको समेत बताउएको छ ।
पुनले भन्नुभयो हामीले राजनीति स्थायीत्व, संविधानको रक्षा, परिवर्तनको लागि बाम लोकतान्त्रिक शक्ति एक भएको उहाँको भनाई रहेको छ ।
लामो समयको राजनीतिक परिवर्तन बाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई अप्ठ्यारो दिशा तिर लैजान खोजेको शक्ति विरुद्ध एकै ठाउँमा आएको पनि उहाँको भनाइरहेका छ ।