२०८२ असार ३ | [email protected] | Nepali Unicode|Preeti to Unicode

रोल्पा । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिध सभा तथा प्रदेश सभा निर्वाचनमा लोकतान्त्रीक–वाम गठबन्त्रन जिताउन नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ अहोरात्र खटिनु भएको छ ।

नेपाली काँग्रेसका प्रभावशाली नेता बानियाँले नेपाली काँग्रेस तथा गठबन्धनका उम्मेदवार जिताउन विभिन्न जिल्लाको भ्रमण तथा घरदैलोमा समेत सक्रिय रहँदै आउनु भएको छ ।

यसै क्रममा सभापति बानियाँले हिजो (शुक्रबार)आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन भइरहेका तयारीबारे बागमती प्रदेशका जिल्लाबाट प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारसंग एकसाथ अन्तरक्र्रिया गर्नुभयो ।

भर्चुअल माध्यमबाट प्रदेश सभापति बानियाँले प्रत्यक्षतर्फ तथा समानुपातिक उम्मेदवारहरुसँग निर्वाचनको तयारीबारे छलफल गर्नुभएको हो ।सभापति बानियाँले छलफलका क्रममा जिल्लाका समस्या तथा जनसरोकारका विषयमा छलफल गर्नुभएको हो ।

यसै गरी निर्वाचन सफल बनाउन तथा गठबन्धनलाई जिताउन विशेष अभियान सञ्चालन गर्न बानियाँले सबैमा आग्रह गर्नुभयो ।बागमती प्रदेसबाट कांग्रेसबाट प्रत्यक्षतर्फ ४१ जना र समानुपातिकतर्फका ४४ जना उम्मेदवारहरु चुनावी प्रतिस्पधामा छन् ।

सभापति बानियाँले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिम्मेवार ढंगले अभियानमा लाग्न निर्देशन समेत दिनुभयो ।चुनावी तयारीको क्रममा केही समस्या, केही चुनौतीहरु आउनसक्ने भन्दै त्यसलाई सुझबुझका साथ समाधान गर्दै जानुपर्ने बताउनुभयो ।

छलफलका क्रममा नेता बानियाँले चुनावी कार्यक्रमहरु के कसरी सञ्चालन भइरहेका छन् भन्नेबारे उम्मेदवारहरुबाट जानकारी समेत लिनु भएको थियो । नेपाली काँग्रेस बागमती प्रदेशबाट पठाएको चुनावी डकुमेन्टहरु सबै क्षेत्रमा पुगे नपुगेको बारेमा पनि सभापति बानियाँले चासो राख्नु भएको थियो ।

लोकतान्त्रिक बाम गठबन्धन आजको आवश्यकता भएको भन्दै गठबन्धनभित्रका दलहरुका उम्मेदवारलाई जिताउन सबै पार्टीका नेता कार्यकर्तालाई उत्प्रेरित गर्नसमेत सभापति बानियाँले उम्मेदवारहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय