२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

रोल्पा । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अतिक्रमणमा परेका नेपाली भूमि फिर्ता ल्याउने आश्वासन दिएका छन् । हिजो डडेल्धुराको गन्यापधुरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अतिक्रमित नेपालको भूमि कुटनीतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो ।

आफू पनि सुदूरपश्चिमवासी भएकाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य भूमिसम्बन्धी विवाद कुटनीतिक पहलका आधारमा समाधान गर्ने बताउनुभयो ।

हिजै दार्चुलामा भएको चुनावी सभामा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने बताउनुभयो ।नेपालको एक इन्च भूमि पनि मिचिन नदिने र अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने उहाँको भनाइ थियो ।

आफ्नो नेतृत्वको सरकारले गुमेको भूमि नक्सामा समेटेर भारतलाई पत्राचार गरे पनि वर्तमान सरकारले यसबारे बोल्न नसकेको उहाँको आरोप थियो । दार्चुलाबाट ओलीले यस्तो आरोप लगाउँदा डडेल्धुराबाट प्रधानमन्त्री देउवाले भाषण गरेर मात्र नेपाली भूमि फिर्ता नआउने बताउनुभयो ।

सीमा समस्या दुई देशबीच हुने मित्रवत् व्यवहारले मात्र समाधान हुन सक्ने भन्दै देउवाले राजनीतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नहुने बताउनुभयो । कुटनीतिक माध्यमबाट फिर्ता ल्याउनको लागि पहल भइरहेको देउवाको भनाइ थियो ।

तीन वर्षअघि ओली सरकारको पालामा दार्चुला जिल्लाभित्र पर्ने नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नक्सामा समावेश गर्ने ऐतिहासिक निर्णय भएको थियो । तर नक्सा कार्यान्वयन र कालापानीबाट भारतीय सेना फिर्ता पठाउने सवालमा भने खासै उपलब्धि हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय