
चैत ८ रोल्पा होलेरी ,वित्तिय संघ सस्थाहरुमा सम्बन्ध बिस्तार सम्बन्धी कृषक समुहहरुको बिचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रुन्टीगढी गाउँपालिका भरिका बिभिन्न कृषि समुहहरुको नेतृत्व गर्दै एक एक जना कृषकहरु सहभागी भएका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा बैक तथा लघु बित्त सस्था र सहकारी सस्थाहरुका कर्मचारी बीच कृषकहरुको अन्तरक्रिया भएको थियो । छलफल तथा अन्तरक्रियामा बैक तथा लघु बित्त सस्था र सहकारी सस्थाहरुबाट कसरी ऋण लिने अनि बचत कसरी गर्ने भन्ने सम्बन्धी जानकारी गराइएको थियो । बैक तथा सस्थाहरुले कार्ज कसरी लिन सकिन्छ भनेर कृषकहरुलाई जानकारी समेत गराएका थिए । छलफल गोल दोस्रो परियोजना र प्रक्याप परियोजनाको सहयोगमा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष जनक पुन बैक तथा संस्थाहरुले ऋण दिदा के कामको लागि ऋण दिन लागेको हो भनी बुझेर मात्र दिनु पर्ने बताउनु भयो । ऋण दिदा तिर्न सक्ने हो की होईन बुझ्नु पर्छ । ऋण लिए पछि लिनले पनि सहि ठाउँमा सदुपोग गरेर आमदानी गरि समयमै तिर्नू पर्छ । लिएको ऋण सहि ठाउँमा प्रयोग नहुदा आर्थिक भार परि घरमा कलह हुने तथा आत्मा हत्याका घटना हुने हुदा ऋण दिदा हरेक बैक तथा बित्तिय सस्थाहरुले केका लागि ऋण लादैछ भनेर बुझ्न तथा लगिएको ऋणबाट ब्यवसाय सुरु भयो कि भएन भनेर अनुगमन पनि गर्नु पर्ने बताउनु भयो । । कार्यक्रम रोल्पाको रुन्टीगढी गाउँपालिका सभाहलमा सम्पन्न भएको हो ।

