२०७७ माघ ९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रोल्पाको त्रिबेणी गाउँपालिकाले शुरु गर्यो महिलाहरुका लागि सचेतनामुलक अभियान | जनता बाहेक कसैको स्वार्थका कारण रुन्टीगढीमा अर्को वडा थपिदैन:सभापति पुन | 'केपी ओली राजनीतिबाट पत्तासाफ हुनेवाला छन्' | सामुदायिक बिद्यालय महासंघको लुम्बिनी प्रदेश सचिवमा पाण्डे चयन | सामुदायिक बिद्यालय महासंघको लुम्बिनी प्रदेश सचिवमा पाण्डे चयन | बिद्यालय,गाउँ तथा बजारमा सचेतनामुलक कार्यक्रम गर्दै ई.प्र.का.होलेरी,आफै पुग्छन् इन्स्पेक्टर खड्का | बिद्यालय,गाउँ तथा बजारमा सचेतनामुलक कार्यक्रम गर्दै ई.प्र.का.होलेरी,आफै पुग्छन् इन्स्पेक्टर खड्का | बिद्यालय,गाउँ तथा बजारमा सचेतनामुलक कार्यक्रम गर्दै ई.प्र.का.होलेरी,आफै पुग्छन् इन्स्पेक्टर खड्का | बिद्यालय,गाउँ तथा बजारमा सचेतनामुलक कार्यक्रम गर्दै ई.प्र.का.होलेरी,आफै पुग्छन् इन्स्पेक्टर खड्का | कांग्रेस रोल्पाले मङ्सिर २९ गते लिबाङमा विरोध प्रदर्शन गर्ने |

होलेरी,पुष २४
रुन्टीगढी गाउँपालिकाले होलेरीलाई केन्द्र बनाएर छुट्टै वडा बनाउनका लागि प्रक्रिया बढाउन थालेपछि जनताको भावना बिपरित गतिविधि नगर्न भन्दै नेपाली काङ्ग्रेस रुन्टीगढी सभापति जनक पुन आक्रोशित बन्नु भएको हो।रुन्टीगढी गाउँपालिकाले नयाँ वडा निर्माणका लागि अगाडि बढाएको सिमाङ्कनको बिषयमा शुक्रवार आयोजित सुझाव संकलन कार्यक्रमा उहाँले जनभावना बिपरित आफ्नो स्वार्थ पुरा गर्ने कुचेष्टा नगर्न स्थानिय सरकारलाई कडा चुनौती दिनु भएको हो।कार्यक्रममा बोल्दै उहाँले रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ र ६ का जनताहरुलाई वडा कार्यालय पुग्न दिनभर हिड्नु पर्ने अबस्था रहेकाले यि वडाहरुमा हेरफेर गर्नुको साटो एकाध ब्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्न होलेरीलाई केन्द्र बनाएर राजनैतिक थलो बनाउन खोजेको बताउँनु भएको हो।बिकास सबै जनतालाई समानन्तर तरिकाले हुनुपर्ने ठाउँमा दुर्गमलाई छोडेर सुगमतिर मात्र स्थानिय सरकारले चासो दिएको बताउँनु भएको हो।बिना स्वार्थ जनताका लागि वडा कार्यालय पुग्न सहज बनाउने हो भने रुन्टीगढी गाउँपालिकाले वडा नम्बर ५ र ६ को बिषयमा सोचेर सहज बनाउन आग्रह गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय