
भरत विश्वकर्मा, फागुन २५ रोल्पा । रोल्पाको लुङग्री गाउँपालिकामा ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । ‘लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ लुङग्री गाउँपालिकाले अन्तराष्ट्रिय महिला दिवस मनाएको गाउँपालिकाले जानकारी दिएको छ । लुङग्री गाउँपालिका भित्र रहको प्रत्येक वडामा दिवस मनाइएको लुङग्री गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भित्र रहेका ७ वटै वडाहरुमा विभिन्न कार्यक्रम तथा ¥याली गरि भव्यताका साथ मनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढाले जानकारी दिनुभएको छ । महिला दिवसको अवसरमा वक्तृत्व कला, बेलुन फुटाई, घैटा फोर, रास्सा कस्सी, कुर्सी दौड लगाएतका विविध कार्यक्रम गरि मनाइएको गाउँपालिकाले बताएको छ ।