
सुर्य प्रकाश बुढा मगर,२० फागुन रोल्पा । परिवर्तन गाउँपालिका-५ मा अवस्थित छड्के देउराली युवा क्लब परिवर्तन गाउँपालिका-५ राङ्कोट रोल्पाको फागुन ९ गतेको निर्णय अनुसार कृषि विकासको अवसर र चुनौतीहरु विषयक कार्यक्रम हुने भएको छ।माटोको कथा सुनौं व्यथा बुझौं,घट्दो उत्पादन लाई वृद्धि गरौं भन्ने मुल नाराका साथ परिवर्तन गाउँपालिका कृषकको घट्दो उत्पादन निराशाको जिवीकालाई हौसलामा बदलिएर कृषि उत्पादन वृद्धिका लागि कृषि बिज्ञ,माटो तथा वातावरण विज्ञहरुको उपस्थितिमा फागुन २३ गतेदेखि २५ गतेसम्म तीन दिने”नेपालमा दिगो कृषि विकासको अवसर र चुनौतीहरु”विषयक कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा बिज्ञ टोलीमा (Microbiological Ecology)माइक्रोवायुलोजीकल इकोलोजी डा.पूजा मानन्धर र (Environmental Engineer) इनभाइरोनमेन्टल इन्जिनियर अरुण लामा र(Agriculture Expert)कृषि बिज्ञ किशोर पन्त लगायत अन्य बिज्ञहरुको पनि सहभागी हुने र कृषि विकासको अवसर र चुनौतीहरु विषयक कार्यक्रममा बृहत बहस,छलफल र संवाद गरि निष्कर्षमा पुग्ने समेत अध्यक्ष गोपाल बहादुर केसीले जानकारी दिनुभएको छ।कार्यक्रममा सहभागिताको संख्या समेत आयोजकले तोकेको छ।
जसमा छड्के देउराली युवा क्लब समितिका १९ जना रहेका छनपरिवर्तन गाउँपालिका भित्र दर्ता भएका अन्य क्लबका अध्यक्ष,सचीव सहित ३ जना र खेलकुद विकास समितिका प्रमुख परिवर्तन गाउँपालिकाका १९ जना रहेको छ।परिवर्तन गाउँपालिका -५ का जनप्रतिनिधिहरु सबै,विद्यालय लगायत सबै कार्यालयका प्रमुखहरु,वन समूह,आमा समूहका अध्यक्षहरु,युवा समूहका अध्यक्ष,सचीवहरु,सबै विद्यालयका विव्यस र सि.अ.स अध्यक्षहरु ६० जना रहेका छन।परिवर्तन गाउँपालिका भित्रका माध्यमिक विद्यालयका प्र.अ र विव्यस अध्यक्षहरु २२ जना रहेका छन।परिवर्तन गाउँपालिका भित्रका अन्य वडाका वडा अध्यक्ष सहित अन्य २ जना वडा सदस्यहरु १५ जना रहेका छन।
परिवर्तन गाउँपालिका भित्रका राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु १० जना रहेका छन।परिवर्तन गाउँपालिका भित्रका सामुदायिक एकाई केन्द्रका अध्यक्ष तथा परिचालक सबै वडाका १० जना रहेका छन।प्रमुख अतिथी लगायत अन्य अतिथी र भूमे गाउँपालिका चुन्बाङ सहित १० जना रहेका छन।अन्य संघ संस्था,सञ्चारकर्मी,सुरक्षाकर्मी,बजार लगायत अन्य १० जना रहेका छन।नमूना मावि मौलाबोटमा अध्ययनरत प्राविधिक कक्षा १० का र साधारण ११ र १२ का विद्यार्थीहरु र उद्यमी क्लबका विद्यार्थीहरु तथा शिक्षक प्रशिक्षक १०० जना रहेका छन।कार्यक्रम सुरु फागुन २३ गते बिहान १० बजे नमूना माविको कार्यक्रमहल राङ्कोट भैसिकोट बागमारामा हुने सचीव भिम बहादुर वलीले जानकारी दिनु भएको छ।