२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोक्नुभएको छ । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार(आज) साँझ जेनेभा जानुअघि प्रधानमन्त्री प्रचण्डले भ्रमण रोक्नुभएको हो।
प्रधानमन्त्री प्रचण्डले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भन्नुभएको छ । त्यसैले नजान लागेको हो,’ परराष्ट्रमन्त्री पौड्याललाई उद्धृत गर्दै उहाँका प्रेस विज्ञ यशोदा अधिकारीले भन्नुभयो । आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाउनुभएको हो ।
परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लाग्नुभएको थियो। उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।
मन्त्री पौड्यालले आज दिउँसो मात्रै पत्रकार सम्मेलन गरेर परिषद्को ५२ औं सत्रमा नेपालले हालसम्म गरेको उपलब्धिहरू र भएका कामहरूको बारेमा परिषद्को सत्रमा राख्ने र विश्वलाई नै जानकारी दिनुभएको बताउनुभएको थियो । उहाँले मन्त्रिपरिषद्कै निर्णयमा आफू जान लागेको र नजान भने त्यसपछि अर्को निर्णय गर्ने बताउनुभएको थियो ।
मन्त्री पौड्याल नगएपछि अब मन्त्रालयबाट परराष्ट्रकै अधिकारीहरूले नेतृत्व गरेर जेनेभा जाने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय