२०८२ असार ३ | [email protected] | Nepali Unicode|Preeti to Unicode

कमल खड्का : ११ फागुन होलेरी रोल्पा ,किसानले उत्पादन गरेको कृषि उपजले बजार भाउ पाउन नसके पछि रुन्ढीगढी गाउँपालिकाले सर्वपक्षीय भेला आयोजना गरेको हो । छिमेकी कुपुरकोट र त्रिबेनी गाउँपालिकाका कृषकले राम्रो  बजार भाउ पाए पनि सिमा जाडिएको रुन्टीगढी गाउँपालिकाका कृषकले भने बजार भाउ पाउन सकिरहेका हुदैनन्  । त्यसैले यहाका कृषकलाई बजारीकरण संग जोड्ने मुख्य उदेश्यका साथ सर्वपक्षीय छलफलको आयोजना गरिएको  हो । कृषि बजारीकरणमा कृषकहरु चपेटामा परि कम मुल्यम बिक्रि गरे पनि वास्तविक  उपभोक्ता भने चर्को मुल्यमा तरकारी उपभोक गर्न बाध्य छन् । एकातिर कृषक कम मुल्य भएकै कारण तरकारी बारीमा कुहाउन बाध्य छन भने अर्कोतिर उपभोक्त चर्को मुल्यमा तरकारी उपभोक गर्न बाध्य छन् । यस्तो किन भयो भन्ने प्रश्नमा केही बिश्लेषकहरु रुन्टीगढीमा केही बिचौलीया ब्यापारीहरुको हाबी भएकोले भएलेे यस्तो भएको दाबी गर्दछन । त्यसकारण वास्तविक उपभोक्त र किसानलाई जोड्ने उदेश्यका साथ सर्वपक्षीय छलफल आयोजना गरेको हो।  छलफलबा रुन्टीगढीका विभिन्न स्थानमा हातबजार आयोजना गर्ने  गरि १३ सदस्यीय सञ्चालन तथा ब्यबस्थापन समिति निर्माण गरिएको छ । जस्को अध्यक्षमा अगुवा कृषक चन्द्र प्रकाश महरा, उपाध्यक्ष विष्णु डागी बस्नेत ,सचिब छविलाल थापा,सह सचिब भुमा कुमारी पुन , कोषाध्यक्ष जयबहादुर बुढा ,सदश्यहरु माधव रेउले,गोपाल रोका, टोपबहादुर गुरुङ ,उषा घर्ती ,नर सिङ  रोका,जिबराज खत्री, रेग बहादुर पुन र अजुन खत्री  रहेका छन् । भेला रुन्टीगढी गाउँपालिका सभा हलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय