२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

रुकुम पूर्व । रुकुम पूर्वमा ६ नाल भरुवा बन्दुक फेला परेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले भूमे गाउँपालिका ३ को तुङबाङ खोलाको जङ्गलमा ६ नाल भरुवा बन्दुक फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठका अनुसार जङ्गलमा बन्दुक लुकाएर राखेको भन्दै स्थानीयले दिएको सूचनाको आधारमा खोजी गर्दा ६ नाल बन्दुक फेला परेकाे हाे ।

 

सूचनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टंकप्रसाद भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले बन्दुक फेला पारेको हो ।

६ थान बन्दुकमध्ये पाँच वटा चल्ने अवस्थामा र एक वटा नचल्ने अवस्थाका रहेका छन् । जङ्गलमा ती बन्दुक कसले र किन राखेको भन्ने विषयमा नखुलेकाे डीएसपी श्रेष्ठले बताउनुभयो । ती बन्दुक अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याइएकाे छ भने थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय