२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

४ कार्तिक, काठमाडौं ।  नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाउन सकिने बताए । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभापति पुनले प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा उपयुक्त गुरुयोजना बनाएर लुम्बिनीको आर्थिक गतिविधिलाई थप चलायमान बनाउनु पर्नेमा जोड दिएका छन् ।

सभापति पुनले गौतम बुद्धको जन्मस्थल समेत रहेको लुम्बिनी प्रदेश प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको बताउदै यसको प्रचारप्रसार तथा प्रबर्द्धनले पर्यटनको वृद्धि हुनेमा जोड दिए ।

प्रदेश सभा २ रोल्पाका प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका पुनले युवाहरूलाई उद्यममा आकार्षित गर्न राज्यले उद्यम मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । कृषिको आधुनिकीकरण र पर्यटन क्षेत्रको विकासले युवाहरूलाई नेपालमै स्वरोजगार बनाउन सकिने बताएका छन् ।

युवाहरू राष्ट्र निर्माणका साझेदार र महत्वपूर्ण सम्वाहक भएकाले युवाहरूको सहभागीता र नेतृत्वले मात्र समृद्ध नेपालको आधारशिला खडा हुने उनले बताए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय