२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

रोल्पा ! लोकतान्त्रिक – बाम गठबन्धनले रोल्पाको दुवै क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरेको छ l आगामी आम निर्वाचनको लागि सम्पर्क तथा समन्वय गर्नको लागि रोल्पाको प्रदेश सभा १ को सुलिचौर र २ को घर्तिगाँउमा कार्यालय स्थापना गरिएको हो l

कार्यालयको एक कार्यक्रमका विच नेकपा (माओवादी केन्द्र) का उपमहासचि तथा प्रतिनिधि सभाका उम्मेदवार वर्षमान पुन, प्रदेश सभा १ का उम्मेदवार जोखबहादुर महरा र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवम प्रदेश सभा क्षेत्र न २ का उम्मेदवार अमरसिंह पुनले उद्घाटन गरेका हुन् l स्थापित कार्यालयमा निर्वाचनको परिचालन र समन्वय गरिने निर्वाचन परिचालन समिति प्रदेश सभा २ का संयोजक टेकबहादुर बस्नेतले जानकारी दिए l गठबन्धनले निर्वाचन परिचालनका लागि क्षेत्र न. १ मा माओवदी नेता आसबहादुर पुन र क्षेत्र न. २ मा कांग्रेस नेता टेकबहादुर बस्नेतको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको जनाइएको छ l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय