
कमल खड्का
फागुन ३, रोल्पाको रुन्टीगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता सम्पन्न भएको छ । माघ २८ गतेबाट औपचारिक रुपमा उत्घाटन सुरु भएको प्रतियोगीता आज सम्पन्न भएको हो । रुन्टीगढी गाउँपालिका भरिका ९ वटा बिद्यालयहरुका प्रतियोगीहरुको सहभागीता रहेको थियो । जस मध्य ११ गोल्ड मेडल सहित भिमसेन मा.वि सैबाङले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै ८ गोल्ड मेडल सहित महेन्द्र मा.बि होलेरीले दोस्रो स्थान हासिल गरेको छ । ४ गोल्ड मेडल सहित ब्यबस्थापन विद्यालय सूयोदय मा.वि मसिना तेस्रो भएको थियो भने सान्तोवना ३ गोल्ड मेडेल सहित नेपाल राष्ट्रिय मा.वि डुब्रिङ भएको थियो । नियम अनुसार जुन बिद्यालय प्रथम भयो त्यही विद्यालयले अर्को पटक गर्नु पर्ने भए पनि विद्यालयहरुको सहमती अनुसार आउने वर्ष नेपाल राष्ट्रिय मा.वि डुब्रिङ रोल्पाले गर्ने भएको छ ।

