२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश तथा स्थानीय तहको रिक्त दरबन्दीमा संघमा फाजिलमा रहेका वा जिम्मेवारी नतोकिएका कर्मचारीमध्येबाट तत्काल कर्मचारी खटाउने तयारी गरेको छ । मन्त्रालयले सो काम एक महिनाभित्र सम्पन्न गर्ने कार्ययोजना तयार गरेको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको निर्देशन सम्बन्धित बुँदानम्बर १० मा उल्लेख गरेको निर्देशनअनुसार सो कार्ययोजना तयार गरिएको हो ।

निर्देशनमा संघीय तहका अनावश्यक दरबन्दी कटौती गरी प्रदेश तथा स्थानीय तहमा जनतालाई सेवा प्रवाह गर्न नपुग जनशक्ति तत्काल आपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख थियो । सो निर्देशनको आधारमा मन्त्रालयले सोको कार्ययोजना–२०७९ तयार गरी प्रधानमन्त्री कार्यालयमा पेस गरेको थियो ।

 

सो कार्ययोजनाअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, प्रदेश र स्थानीय तहसँग रिक्त दरबन्दीको विषयमा समन्वय गरी कार्यान्वयन गर्ने तयारी गरेको छ । मन्त्रालयलको तथ्यांकअनुसार अधिकांश स्थानीय निकायमा शिक्षाका कर्मचारी अभाव छ । जिल्लामा शिक्षा सेवाका कर्मचारीको अभाव छ । हाल शिक्षाका उपसचिव र अधिकृतले स्थानीय तहको शिक्षा विभागको जिम्मेवारी लिइरहेका छन् । ती कर्मचारीको दरबन्दी संघीय मामिलामा कायम गरी स्थानीय तहमा व्यवस्थापन गरिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय