
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामन्ती प्रेतलाई फेरि व्युँताउन खोजिएको आरोप लगाउनुभएको छ।
अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको राजावादी एजेण्डा सामन्ती प्रेत भएको र त्यही मसानघाटमा पुगेको सामन्ती प्रेतलाई फेरि व्युँताउने प्रयास गरेको आरोप लगाउनुभयो। तर आँफुहरु गणतन्त्रलाई संस्थागत गर्न पहरेदारका रूपमा प्रस्तुत हुने बताउनुभयो ।


यस्तै उहाँले आजको राजनीति अवसरवादबाट आक्रान्त रहेको भन्दै अवसरवादलाई परास्त गर्न जरुरी रहेको बताउनुभयो। उनले यथास्थितिका पक्षमा रहेका नागरिक समाजविरुद्व अनेरास्ववियु वैचारिक र राजनीतिकरूपमा खडा हुन जरुरी रहेको बताए।
उहाँले पाँच दलीय गठबन्धनले पनि जनताको जनादेश प्राप्त गर्न नसकेको र एमालेलाई घेराबन्दी गर्ने पर्यत्न गरिएको आरोप लगाउदै परिणामका हिसाबले दोस्रो पार्टी बनेपनि जनताको रोजाइले पहिलो पार्टी दावी गर्नुभयो ।