
लिबाङ, रोल्पा
नेपाली कांग्रेस, रोल्पाले नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका सभापतिलाई पार्टीको पदीय जिम्मेवारबाट हताएको छ । पार्टीको नीति, निर्देशनको अवज्ञा गरि पार्टीको हित विपरितको काम गरेको भन्दै त्रिवेणी गाउँपालिका सभापति हरिबहादुर भण्डारीलाई पद मुक्त गरेको नेपाली कांग्रेस रोल्पाले जनाएको छ । नेपाली कांग्रेस रोल्पाका सचिव मोहन परियारले विज्ञप्ती जारी गर्दै सभापति भण्डारीलाई आजैको मितिबाट लागु हुने त्रिवेणी गाउँपालिका वडा नं. ४ को वडा सभापति र गाउँपालिका सभापति दुवै पदमा नरहने गरि हताइएको जानकारी दिनुभएको छ ।
त्रिवेणी गाउँपालिका वडा न. निबासी भण्डारलिे नामो समयदेखि आफ्नो पदीय मर्यादा पार्टीको वित्रि विधान र नियम, प्रक्रिया विपरित काम गर्दै आएको बझिएको र पार्टीले पटक पटक सचेत गराउदा समेत कुनै सुधार नभएको हुदा भण्डारीलाई आजैको मितिबाट लागु हुनेगरि ४ नं. वडा तथा त्रिवैणी गाउँपालिका सभापति समेतको पदीय जिम्मेवारबाट मुक्त गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।