२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

दाङ । नेपाली विद्यार्थी संघ रोल्पाका अध्यक्ष योगेन्द्र अनुपम जि.सी. ले नेविसंघ रोल्पालाई गौरव गर्न लायक संगठन बनाउने बताएका छन् । दाङस्थित घोराहीमा आयोजित नेपाल विद्यार्थी संघ रोल्पा दाङ सम्पर्क समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघलाई विद्यार्थी मैत्री, आधुनिक र घर टोलमा पाइने विद्यार्थी चौतारी बनाइने बताए । अध्यक्ष जिसीले नेविसंघलाई Centre for leadership developing forum को रुपमा विकास गरिने पनि बताए । उनले एकात्मक राजतन्त्रको अन्त्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपालमा विद्यार्थी आन्दोलनको अतुलनीय भूमिका रहेको स्मरण गर्दै अबको आन्दोलन शैक्षिक उपलब्धि प्राप्ती र अवसर सुनिस्चितामा केन्द्रित हुने बताएका छन् । पार्टी, विद्यार्थी र शैक्षिक गतिविधिमा केन्द्रित रहेर नेविसंघ रोल्पा अगाडि बढ्ने पनि जिसीले बताएका छन् । भेलामा नेपाली कांग्रेस रोल्पाका सचीव तिलक बुढाथोकी, नेविसंघ रोल्पाका निवर्तमान सचीव नारायण रेग्मी, नेविसंघ नेता रुद्रमणी रेग्मी लगायतका नेताहरूको सहभागिता रहेको थियो । भेलाले शिव वलीको अध्यक्षमा २१ सदस्यीय रोल्पा-दाङ सम्पर्क समिती गठन गरेको नेविसंघ रोल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय