रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकाले (भोलि) फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।
आइतबार (आज) बसेको लुङ्ग्री गाउँ कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सो निर्णयअनुसार सोमबारका फागुन १ गते पालिकाभर सार्वजनिक विदा दिने गाउँपालिकाले बताएको छ । प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढाद्वारा हस्ताक्षरित सूचनामा पालिकाभर रहेका मातहतका कार्यालयहरु र शैक्षिक संस्थाहरुलाई बिदा दिएको लुङ्ग्री गाउँपालिकाले जानकारी दिएको छ ।