२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाण्डाै । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८७ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ५३ वटा कम्पनीका ८१ लाख ३९ हजार कित्ता शेयर तीन अर्ब चार करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १४ करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, खानीखोला जलविद्युत्, ग्रीन लाइफ हाइड्रो, वरुण हाइड्रो र राधी जलविद्युत् कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आज खप्तड लघुवित्तको शेयर साढे चार प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर साढे तीन प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय