२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाण्डाै । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताउनुभएको छ ।

शुक्रवार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले पार्टीका पूर्वअध्यक्ष एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजे पनि आफू लगायतका नेताहरूले पार्टी बचाउँदै चुनावमा प्रतिस्पर्धा गरेर देखाएको बताउनुभयो । उहाँले विवेकशील साझा पार्टीका नेताहरू अहिले धेरैजसाे दलमा रहेको भन्दै आफ्नो पार्टीले नेताहरू उत्पादन गरिरहेको बताउनुभयो ।

अध्यक्ष बाँस्काेटाले पार्टीमा पूर्वअध्यक्षलाई गाली गर्ने आवाज उठेको भए पनि महाधिवेशन गर्नु नै रविन्द्र मिश्रका लागि गतिलो झापड भएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘यो मेरो छ महिनाको सर्ट टम गोल हो । किनभने पार्टी नै सक्याएर राप्रपाकरण गर्न खोजिएको थियो । तर पार्टीको अस्तित्व छ भनेर निर्वाचन आयोगमा हामी दर्ता भएर चुनावमा गयौँ । अहिले विवेकशील साझाका नेताहरू कांग्रेस, कम्युनिस्ट, रास्वपा, राप्रपा सबै दलमा हुनुहुन्छ । यो भनेको विवेकशील साझा विद्यार्थी उत्पादन गर्नेजस्तै नेताहरू उत्पादन गर्ने फ्याक्ट्री रहेछ । कैयौँले पूर्वअध्यक्षलाई गाली गरौँ भने तर केही गर्नुपर्दैन, यो महाधिवेशन नै उहाँका लागि सबैभन्दा ठूलो झापड हो । महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गर्छ, त्यो सबैभन्दा ठूलो झापड हो, गाली गर्नैपर्दैन, हारिसकेको मान्छेलाई हामीले फेरि किन हराउन जरुरी छ ?’

अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी आफैँले बनाउने उद्घोष गर्दै कुनै पनि सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय