२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाण्डाै । बङ्लादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतीय टोलीसँग प्रतिस्पर्धा गर्दैैछ । राउण्ड रोबिन लिग अन्तर्गत यो नेपालको अन्तिम खेल हो । फाइनलमा पुग्नको लागि नेपालले यो खेल जित्नैपर्छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपाल पहिलो खेलमा बङ्लादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो । भारतसँग पराजित भएमा नेपाल उपाधि होडबाट बाहिरिनेछ । बराबरी खेलेमा बङ्लादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ । भारत ४ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

 

आज बराबरी खेले पनि भारत फाइनल पुग्नेछ । ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बङ्लादेश खेल्नेछन् ।  बङ्लादेश ४ अङ्क जोडेर दोस्रो स्थानमा छ ।

भुटान दुई खेलमा अङ्कविहीन रहँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बङ्लादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय