२०७९ चैत्र ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

रोल्पा । श्रीमतीको हत्या आरोपमा रोल्पाको लुङ्ग्री गाउँपालिका ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी पक्राउ परेका छन् । ४४ वर्षीया श्रीमती गोबिनाको हत्या गरेको आरोपमा कीर्तिमान पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले दाङले जनाएको छ ।

आज साेमवार बिहान दाङको घोराही उपमहानगरपालिका १९ को मलार खोलामा गोबिनाको शव भेटिएकाे थियो । बिहान ७ बजेतिर कीर्तिमान आफैँ जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर श्रीमती पहिलेदेखि नै मुटु रोगको बिरामी रहेको र आफूहरू पैदल हिँड्ने क्रममा ढलेर ज्यान गएको बयान दिएका थिए । उनको सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो । मृतकको टाउकोमा चोट देखेपछि प्रहरीले हत्या भएको हुन सक्ने आशङ्का गर्दै अनुसन्धान अगाडि बढाएको थियो ।

सोधपुछका क्रममा कीर्तिमानले श्रीमतीलाई ढुङ्गाले हानेर हत्या गरेको स्वीकार गरेका जिल्ला प्रहरी दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । बुढाथोकीका श्रीमान्–श्रीमती घोराही १९ दुईखोली क्षेत्रमा एउटा खाली गोठमा बस्दै आएका थिए । श्रीमान्–श्रीमतीले सडकमा सँगै काम गर्दै आएका थिए ।

आइतवार बेलुका साढे ७ बजेतिर काम गरी पैदल हिँड्दै बास बस्ने ठाउँतर्फ जाँदै गर्दा दुवैले बाटोमा रक्सी खाएका प्रहरीले बताएको छ । रक्सी खाएपछि भनाभन भएको र त्यही क्रममा खोलामा श्रीमानले श्रीमतीको टाउकोमा ढुङ्गा प्रहार गरेपछि ज्यान गएकाे खुलेको प्रहरीले जानकारी दिएको छ । स्वर्गद्वारी अपडेट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय