२०७९ चैत्र ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाण्डाै । पश्चिमी वायु सक्रिय नहुँदा यसपालि हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत जमिन भिज्ने गरी वर्षा हुन सकेको छैन । यस्तै, यसपालि हिमपातसमेत राम्ररी हुन सकेको छैन । केही दिनअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परे पनि अन्य क्षेत्रमा पानी पर्न सकेको छैन । त्यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको थियो । केही दिनयता पनि पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । यसकै प्रभावका कारण हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्यबदली भइरहेको छ भने तराईका जिल्लामा हुस्सु कुहिरो लाग्दै आएको छ । तर, मौसम बदली भइरहे पनि पश्चिमी वायु सक्रिय नभइदिँदा पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन ।

 

डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदको पहिलो महिना डिसेम्बर पानी नपरि बितेको थियो भने जनवरीमा पश्चिमका केही क्षेत्रमा हल्का वर्षा भएको थियो । तर, अहिले फेब्रुअरीको पहिलो हप्ता बित्न लागिसक्दा पनि पानी पर्न भने सकेको छैन ।

यस्तै आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली र हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ । तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा लागेको हुस्सु कुहिरो दिउँसो पछि हट्ने अनुमान गरिएको छ । बाक्लो हुस्सु कुहिरो लागेकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय