२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नागरिकको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आज आइतवारको बैठकको विशेष समयमा बोल्दै उपसभापति गुरुङले देश भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै दशको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताउनुभयो । ‘नेताहरू गफमात्र गरिरहन्छौँ, काम गर्दैनौँ, धेरै वाचा गर्छाैँ तर त्यसलाई प्रमाणित गरेर देखाउन सक्दैनौँ ।

 

देश उधोगतिमा अग्रसर छ’, उहाँले भन्नुभयो, ‘देश बनाउन कर्मशील र इमानदार नेताको आवश्यक छ । दृष्टिकोणसहितको नेताको अभावले नागरिकले दुःख पाइरहेका छन् ।’  पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उपसभापति गुरुङले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताउनुभयो । ‘तर सरकारमा बस्नेले कुनै चासो नदिएको देखिएको छ । घोचपेच, दाउपेच, होच्याउने कुरा मात्रै सुन्छौँ । गफले देश बन्दैन’, उहाँले भन्नुभयो ।

छोटो समयमा मलेसिया, दक्षिण कोरियालगायत देशले ठूलो प्रगति गरिरहेका दृष्टान्त पेस गर्दै सांसद गुरुङले गफ गर्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने बेला आइसकेको बताउनुभयो । अहिले देखिएको आर्थिक सङ्कट सबैको साझा समस्या रहेको जनाउँदै उहाँले अर्थतन्त्रमा परेको सङ्कट समाधान गर्न सरकारलाई विश्वासको मत दिइएको जिकिर गर्नुभयो ।

‘राजस्वले चालु खर्च धान्न सकेको छैन । विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । हामीले सरकारलाई दह्रोसँग खुट्टा टेक्न आग्रह गर्‍यौँ’, उहाँले भन्नुभयो, ‘आर्थिक सङ्कट टार्न सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर हामीले प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय