२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाण्डाै । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेको छ । अस्ति तोलामा १ लाख ६ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज १ लाख ४ हजार १ सय रुपैयाँमा झरेको हो । अस्ति पनि सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले घटेको थियो ।

गएको बिहीवार भाउ बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ अझै केही घट्न सक्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रतिऔँस १८ सय ६५ डलर छ । अझै ६५ डलर जति घट्ने अनुमान छ।

अमेरिकामा रोजगारी पाउनेको सङ्ख्या बढ्न थालेसँगै सुनको कारोबारमा पनि प्रभाव पर्न थालेको हो । तर, सुनको भाउ घट्नुमा यसलाई मात्रै कारण मान्न नमिल्ने उहाँको भनाइ छ । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा ४५ रुपैयाँले घटेर आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय