२०७७ आश्विन २८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
विद्युत प्राधिकरणमा कुलमानले के गरे, के गरेनन् : समर्थन र विरोध श्रृंखलाको ४ वर्षे समय रेखा | नेकपाका नेता/कार्यकर्ताले सामाजिक सञ्जालमा एक-अर्काविरूद्ध लेख्न नपाउने, प्रतिष्ठानका गतिविधि तत्कालका लागि रोकिने | पाङमा कांग्रेस प्रवेशको रहर कायमै, विभिन्न पार्टी परित्याग गरि १४ जना कांग्रेसमा प्रवेश | वि.पी कोइराला युवा नेत्तृत्व विकास मञ्चद्धारा वि.पी. जयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न | पाङमा टोल समिति बैठक सम्पन्न, विभिन्न पार्टी परित्याग गरि दर्जनौ युुवा काँग्रेस प्रवेश | पूर्व सभापुख महरा र उर्जामन्त्री पुन रोल्पामा, एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड | डा. खतिवडा अर्थमन्त्री हुँदा कस्तो रह्यो शेयर बजार ? | केन्द्रीय सदस्य थापा र रोल्पा सभापति पुनविच भेतवार्ता | विज्ञ भन्छन्ः एक महिनाभित्र उपत्यकाको अवस्था नियन्त्रण बाहिर जानसक्छ | मन्त्रिमण्डल पुनर्गठनको चर्चा, अर्थमन्त्रीमा धेरैको आँखा |

लिबाङ, रोल्पा,    नेकपाका नेता एवम् निवर्तमान सभामुख कृष्णबहादुर महरा र नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगर ‘अनन्त’ बीच नेता महाराको पूख्यौली घर रोल्पाको लिबाङमा आज विहान भेटबार्ता भएको छ । भेटघातमा सरकार र नेकपामा चलिरहेको विभिन्न विषयमा छलफल भएको थियो ।
नेता कृष्णबहादुर महारा गृह जिल्ला आएको बेला र मन्त्री पुन विभिन्न सरकारी कार्यक्रमका लागि रोल्पा आएको सन्दर्भमा दुवै जना नेताहरुको भेट भएको थियो । भेटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकारले अझै जनताका पक्षमा काम गर्नुपर्ने, श्रमजिवी जनताका हरेक क्षेत्रलाई विकास गर्नुपर्ने, गरिखाने वर्गहरुको आयस्तरलाई माथि उठाउनको लागि गरिरहेको कार्यलाई गति प्रदान गर्ने सहयोग हुने अपेक्षासहित छलफल भएको थियो ।

यसैगरी पार्टीको आन्तरिक विषयमा पनि एकतालाई बलियो र मजबुत बनाउने गरी पार्टी एकता, जनताको अभिमत, वर्तमान आवश्यकलाई ख्याल गरेर अगाडि बढ्नु पर्ने विषयमा नै छलफल केन्द्रीत रहेको थियो । पार्टीको आन्तरिक छलफल तथा बहसलाई पनि सही तरिकाले व्यवस्थापन गर्दै अगाडि बढ्नपर्ने विषयमा समेत महत्वपूर्ण छलफल भएको ऊर्जामन्त्री वर्षमान पुनमगरले अनलाईनसंग बताउनुभयो ।
दुवै  नेताहरुले रोल्पा जिल्लाको समग्रह विकास योजनालाई सार्थकता दिने, आम रोल्पा र रोल्पालीलाई सरकार र पार्टीबाट पहल गरी समृद्ध बनाउने विषयमा पनि घ छलफल भएको नेता  कृष्णबहादुर महराले बताउनुभयो । रोल्पा जिल्लामा रहेका अगुवा कार्यकर्ताहरुलाई पनि सामूहिक रुपमै भेट गर्नुभएको छ । भेटमा आन्तरिक छलफलमा कुनै पनि हालतमा तरंगीत नहुन र रोल्पालाई विगतको झै एकताबद्ध गर्नकालागि दुवै नेताले अपिल गर्नुभएको छ । नेताहरुको यो भेटलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय