
काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ।आज पेरिडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो।
पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार रवी लामिछानेको मुद्दा अझै बाँकी रहेकोले रास्वपाले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको हो।

उहाँले सत्ता साझेदार दलमा कुनै समस्या नरहेको भन्दै एमाले अध्यक्ष केपी ओलीको गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने अभिव्यक्ति निजी भएको र यसले गठबन्धनमा कुनै समस्या नल्याउने दाबी गर्नुभयो ।
प्रधानमन्त्रीको व्यस्तताका कारण आजको बैठक अनिर्णित भएको र बैठक भोलि फेरि बस्ने महराले जानकारी दिनुभयो ।
उता,रास्वपा सभापतिसमेत रहेका लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिइसक्नुभएको छ। त्यहि विषयमा छलफल गर्न रास्वापाको बैठक अहिले जारि छ ।