२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

प्यूठान । लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ्ग खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा बसेको स्टल व्यवस्थापन समितिको बैठकले बुकिङ्ग खुला गर्ने निर्णय गरेको हो ।

कृषि उपज उत्पादन प्रर्दशनीका लागि निःशुल्क स्टल उपलब्ध गराईने मुख्य आयोजक प्यूठान उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिनुभयो । त्यसैगरी संघका सदस्यहरुलाई स्टल शुल्कमा २५ प्रतिशत छुट दिइनेछ । स्थानीय उत्पादन, महिला तथा लघु उद्यमीहरुबाट उत्पादित बस्तुहरुको विक्रिका लागि न्यून शुल्कमा स्टल उपलब्ध गराईने खनालले बताउनुभयो ।
बुकिङ्ग भएका स्टलहरु फागुन ३ गते दिउँसोसम्म सजावत गरिसक्नुपर्ने समयसिमा तोकीएको स्टल व्यवस्थापन समितिका संयोजक रमेश पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय