
काठमाडौँ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम युवा नेता गगन थापा र नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनविच भेतवार्ता भएको छ । पूव राज्यमन्त्री समेत रहनुभएका पुन र पूर्व स्वास्थ्य मन्त्री थापाविच पुन निवास नाराणथानमा विशेष भेतवार्ता भएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय समितिमा प्रभावशाली मानिनु भएका थापा र जिल्ला सभापतिहरुमध्य केन्द्रीय राजनीतिमा समेत पकड जमानु भएका पुनविच देश र पार्टीको समयसामयिक विषयमा छलफल भएको थियो । दुई नेता विच नेपाली कांग्रेसको आगामी महाधिवेशनको तयारी र पछिल्ला घटनाक्रमको बारेमा पनि छलफल भएको छ । पार्टीलाई नयाँ उचाई दिनका लागि नयाँ सोच, चिन्तन र विचार भएको नेत्तृत्व आउनु पर्नेमा आफूहरुको जोड रहेको सभापति पुनले बताउनु भयो । कांग्रेसको महाधिवेशनको आगामनसँगै पार्टीभित्र नेताहरुको छलफल बाक्लिदै गएको छ ।

