२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

मकवानपुर । यस वर्षको बिजुली माया वनः श्रेष्ठ सङ्गीत राष्ट्रिय पुरस्कार वरिष्ठ गायक, सङ्गीतकार लेखक तथा निर्देशक डाक्टर किरण प्रधानलाई प्रदान गरिएको छ । भीम विराग सङ्गीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले आज आइतवार एक कार्यक्रमकाबीच डा. प्रधानलाई प्रदान गरेको हो ।

एक लाख रुपैयाँ पुरस्कार राशी रहेको पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सहित्यकार तुल्सी थापाले प्रदान गर्नुभयाे । प्रतिष्ठानले २०६४ सालमा स्थापना गरेको बिजुली माया वनः श्रेष्ठ सङ्गीत राष्ट्रिय पुरस्कार भीम विरागको स्मृति दिवसको अवसर पारेर प्रदान गरेको हो । पुरस्कार हेटौँडाका व्यवसायी तथा समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट स्थापना गर्नुभएकाे हाे ।

 

यसअघि याे पुरस्कारबाट अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डङ्गोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की ( २०७४) दावा ग्याल्मो (२०७७) र दीपक जङ्गम (२०७८) पुरस्कृत भइसकेका छन् ।

वरिष्ठ कलासाधक कवि एवम् गीतकार भीम विरागको व्यक्तित्वप्रति सम्मानस्वरूप भाषा, साहित्य र कला क्षेत्रको संरक्षण एवम् संवर्द्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्य, सङ्गीत, सांस्कृतिक र कला क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई विभिन्न १२ वटा पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय