२०८२ जेष्ठ ३१ | [email protected] | Nepali Unicode|Preeti to Unicode

कमल खड्का/कोहिनुर अनलाईन
“शिक्षकको मर्यादित पेसा, बिद्यार्थीको जिवन उपयोगी शिक्षा” भन्ने मुल नाराका साथ नेपाल शिक्षक संघ रुन्टीगढी गाउँपाकिाको पाँचौ साधारण सभा तथा दोस्रो अधिबेशन होलेरीमा सम्पन्न भएको छ । उक्त पाँचौ साधारण सभा तथा दोस्रो अधिबेशनले शिक्षक चेतलाल डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरेको छ । जस्को अध्यक्षामा शिक्षक चेतलाल डाँगी, उपाध्यक्षमा शिक्षक कर्ण बहादुर बस्नेत, सचिबमा शिक्षक खिमा महरा, अर्थ सचिबमा शिक्षक भक्त बहादुर केसी, सह सचिबमा शिक्षक जयन्द्री भन्डारी, अर्थ सह सचिबमा शिक्षक नारायन थापा, शिक्षक मिना कुमारी बस्नेत उपाध्यक्ष महिला रहनु भएको छ ।

त्यस्तै शिक्षक चन्द्रज्योति सेजवाल सह सचिब समाबेसी, शिक्षक प्रदिप परियार सह सचिब समाबेसी, शिक्षक बसन्त हमाल, अमर थापा, पूण कवंर, टिका बहादुर गिरी,मान बहादुर रावत, कृष्ण बहादुर खड्का, कृष्ण बुढाथोकी,एमुना घर्ती(रोका) र अमृत बहादुर वली सदस्यमा रहनु भएको छ । नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष शिक्षक रेशम बुढाथोकीको अध्यक्षता तथा रुन्टीगढी गाउँपालिका नेपाल शिक्षक संघको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष जनक पुन रहनु भएको थियो । कार्यक्रमको स्वागत्त मन्तब्य नेपाल शिक्षक संघका कोषाध्यक्ष शिक्षक कर्ण बहादुर बस्नेतले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन संघका सचिब शिक्षक टिका राम सेजवालले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय